कास्की प्रहरीले नागरिकको गुनासो सुन्न ‘क्युआर कोड’
पाेखरा | मंसिर ४, २०८०
’पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकको गुनासो र सुझाव संकलन गर्न क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको छ ।
कास्की प्रहरीले गएको शुक्रबारबाट नागरिकहरुले आफ्ना सुझाव तथा गुनासो राख्न पाउने गरी क्यूआर कोड स्क्यान सञ्चालनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले क्युआर कोड स्क्यान नागरिक केन्द्रित रहेको जानकारी दिए । ‘कास्की प्रहरीले सञ्चालनमा ल्याएको क्यूआर कोड स्क्यान नागरिक केन्द्रित छ’, डिएसपी विकले भने, ‘प्रहरीको काम कारवाहीमा चिक्त नबुझेको खण्डमा नागरिकले क्यूआर कोड मार्फत गुनासो तथा सुझाव दिन सक्नेछन् ।’
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो तथा सुझाव संकलनका लागि यो सिस्टम ल्याएको जनाएको छ ।
जनताले आफ्ना सुझाव तथा गुनासो सोझै प्रहरी कार्यालयहरूमा खुला रूपमा राख्न नसक्ने भएकाले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न यो सिस्टम ल्याएको डिएसपी विकले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

